बि.सं. १९१३ – १९१४
पिता बालनरसिंह कुँवर र माता गणेशकुमारी कुँवरका माहिला पुत्र बमबहादुर कुँवर राणाको जन्म वि.सं. १८७५ मा भएको थियो ।
दाजु जंगबहादुर राणा वि.सं. १९०६ मा बेलायत भ्रमण जाँदा उहाँलार्इ प्रधान सेनापति र कायममुकायम प्रधानमन्त्रीको जिम्मेबारी समेत दिर्इएको थियो ।जंगबहादुर राणाले वि.सं. १९१३ साउन १८ गते स्वर्इच्छाले राजीनामा गरी भार्इ बमबहादुर राणालार्इ प्रधानमन्त्री बनाउनुभएको थियो ।
वि.सं. १९१३ साउन १८ देखि वि.सं. १९१४ जेठ १४ सम्मको उहाँको कार्यकाल दाजु जंगबहादुर राणाकै सल्लाह सुझावमा चलेको थियो । प्रधानमन्त्री भएको दश महिनाभित्रै वि.सं. १९१४ जेठ महिनामा उहाँको निधन भएको थियो । उहाँको निधन पश्चात प्रधानमन्त्रीको पद पुनः जंगबहादुर राणाले ग्रहण गर्नुभएको थियो ।