बि.सं.१९४२ – १९५७
पिता धीरशमशेर र माता चन्द्रकुमारीको ज्येष्ठ सुपुत्र बीरशमशेर ज.ब.रा.को जन्म वि.सं. १९०९ मसिंर २७ गते भएको थियो । अध्ययनका सिलसिलामा भारतको कलकत्ता पुग्नुभएका उहाँको शैक्षिक यात्रा भने त्यति सफल हुन सकेन ।
उहाँले नेपालको राणाकालिन र्इतिहासको चर्चित रक्तपातपूर्ण ४२ सालको पर्वको नेतृत्व गर्दै शासन सत्ता हातमा लिनुभएको थियो । उहाँको कार्यकाल वि.सं. १९४२ मसिंर देखि वि.सं. १९५७ फागुनसम्म कायम भएको थियो । उहाँको कार्यकालमा दरबार हार्इ स्कूल, बीर पुस्तकालय, बीर अस्पताल, काठमाडौंको घण्टाघर आदिको निर्माण भएको थियो ।
उहाँको निधन वि.सं. १९५७ फागुन २३ गते भएको थियो ।