नेपालका पूर्व प्रधानमन्त्रीहरु

रणोद्दिप सिंह राणा

बि.सं. १९३३ – १९४२

रणोद्दिपसिंह राणाको जन्म वि.सं. १८८२ वैशाख २२ गते पिता बालनरसिंह कुँवर र माता गणेशकुमारी कुँवरको कोखबाट भएको थियो । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको सहोदर भार्इ रणोद्दिप सिंह राणाको कार्यकाल वि.सं. १९३३ फागुन ११ देखि वि.सं. १९४२ मसिंर ९ सम्म कायम रहेको थियो ।

उहाँको कार्यकालमा नेपालको र्इतिहासमा चर्चित सत्ता पलटको असफल प्रयासको रूपमा ३८ सालको पर्व  भएको थियो भने ४२ सालको रक्तपातपूर्ण काण्डमा उहाँको हत्या भएपछि साशन सत्ता बीरशमशेर ज.ब.रा.को हातमा पुगेको थियो ।

उदार र धार्मिक स्वभावका उहाँले आफ्नो कार्यकालमा अङ्ग्रेजी र संस्कृत पाठशाला खुलाउनुभएको थियो । हुलाक सेवाको प्रारम्भ उहाँकै पालामा भएको थियो । वि.सं. १९४२ मंसिर ९ गते आफ्नै भतिजाहरूबाट उहाँको हत्या भएको थियो ।