नेपालका पूर्व प्रधानमन्त्रीहरु

देव शमशेर ज.ब.रा.

बि.सं.१९५७ – १९५८

देव शमशेर ज.ब.रा.को जन्म वि.सं. १९१९ साउन ४ गते भएको थियो । उहाँको पिता धीरशमशेर ज.ब.रा. र माता नन्दकुमारी हुनुहुन्थ्यो । राणा शासनमा उदार तथा सुधारवादी मानिने देब शमशेर ज.ब.रा.को कार्यकाल वि.सं. १९५७ फागुन देखि वि.सं. १९५८ असारसम्म जम्मा ३ महिना १० दिन मात्र कायम रहेको थियो ।

चन्द्रशमशेर ज.ब.रा.ले दबाबपूर्ण ढगंले राजीनामागर्न लगाएपछि उहाँलार्इ विशेष निगरानीमा धनकुटातर्फ पठार्इएको थियो । त्यसको केहि समयपछि र्इलाम हुँदै दार्जलिङ पुगेर तत्कालिन बृटिश सरकारको सम्पर्कमा पुग्नुभएको उहाँको वि.सं. १९७० फागुनमा भारतको देहरादुनको मसुरी भन्ने ठाउँमा निधन भएको थियो ।