नेपालका पूर्व प्रधानमन्त्रीहरु

पं. रङ्गनाथ पौड्याल

बि.सं. १८९४ — १८९५

राजगुरु पण्डित व्रजनाथ पौडेलका पुत्र रगंनाथ पौडेलको जन्म वि.सं. १८३० मा भएको थियो । उहाँको कार्यकाल वि.सं. १८९४ असोज देखि वि.सं. १८९५ भदौसम्म कायम रहेको थियो ।

वि.सं १८९४ साउनमा मुख्तियार भिमसेन थापालार्इ पदच्युत गरिएको केहि समयपछि उहाँले मुलुकको मुख्तियारीको पद ग्रहण गर्नुभएको थियो । उहाँको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित गरिएको थियो । उहाँले वि.सं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलार्इ मुख्तियारी दिइएको थियो।

वि.सं. १९०४ साउन महिनामा भएको अलौ पर्वमा राजा राजेन्द्र विरविक्रम शाहलार्इ उहाँले विशेष सहयोग गर्नुभएको थियो ।