बि.सं.१९०० – १९०२
माथवरसिंह थापाको जन्म वि.सं. १८५५ असोज १८ नयनसिंह थापाको कान्छो पुत्रको रूपमा भएको थियो । काजी अमरसिंह थापाको नाती माथवरसिंह थापाले वि.सं. १८९० मा नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको निर्देशनमा गोरखामा सिंहनाथ पल्टनको स्थापना गर्नुभएको थियो ।
वि.सं. १८९४ मा भिमसेन थापालार्इ षडयन्त्रपूर्वक सत्ताच्यूत गरार्इएपछि राजनैतिक माहोल थापा परिवारको प्रतिकुल हुनगयो र त्यसपछि उहाँ भागेर भारत पलायन हुनुभएको थियो ।वि.सं. १९०० साल बैशाखमा राजा राजेन्द्रविक्रम शाहको कान्छी रानी राज्यलक्ष्मीदेवीको र्इच्छाअनुसार उहाँलार्इ प्रधानमन्त्रीको प्रस्तावसहित काठमाडौं बोलार्इयो । भिमसेन थापा विरूद्ध भएको षडयन्त्रको पुनः जाँचबुझ गर्ने शर्तमा उहाँले प्रस्ताव स्वीकार गर्नुभएको थियो ।
वि.सं. १९०० पुष १२ गते नेपालको प्रधानमन्त्री एवं प्रधानसेनापतीको पदमा मनोनीत हुनुभएका उहाँको कार्यकाल
वि.सं. १९०२ जेठ ६ गते राती उहाँको षडयन्त्रपूर्वक हत्या भएर सकिएको थियो ।