नेपालका पूर्व प्रधानमन्त्रीहरु

भीमसेन थापा

वि.सं. १८६३ वैशाख १४ -वि.सं. १८९४ साउन

भीमसेन थापाको जन्म वि.सं. १८३२ साउन ९ गते गोरखाको बोर्लाङ गाउँमा भएको थियो । पिता काजी अमरसिंह थापा  र माता सत्यरूपा मायाको जेष्ठ पुत्र उहाँ नेपाल एकीकरणकालका काजी वीरभद्र थापाको नाती हुनुहुन्थ्यो । पिता अमरसिंह थापाले उहाँलाई वि.सं. १८४३ मा सानै उमेरमा राजा रणबहादुर शाहको हजुरियामा नियुक्त गराईदिनुभएको थियो । राजा रणबहादुर शाहसँगको बाल्यकालदेखिनै विशेष सम्बन्ध रहेकोले बनारसको निर्वासित कालमासमेत भिमसेन थापा राजा रणबहादुर शाह सँगै हुनुहुन्थ्यो । वि.सं. १८६३ वैशाख १४ गते रणबहादुर शाहको हत्या भएपछि उहाँलाई मुख्तियार बनाईएको थियो । त्यसपछि वि.सं. १८९४ साउन सम्म ३१ वर्ष प्रधानमन्त्रीको रूपमा उहाँको कार्यकाल कायम रहेको थियो ।

उहाँको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । वि.सं. १८७१ देखि १८७२ (सन् १८१४-१८१६) को अङ्ग्रेज-नेपाल युद्धबाट नेपालले ठुलो क्षती ब्यहोर्नुपरेको थियो । उहाँकै कार्यकालमा वि.सं. १८७२ फागुन २३ (सन् १८१६ मार्च ३) मा सुगौली सन्धिबाट नेपालले आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो ।

वि.सं. १८९४ साउन ११ गते राजकुमार देवेन्द्रको असामयिक निधन भएपछि षडयन्त्रपूर्ण ढगंले त्यसको अभियोग लगाउँदै उहाँलाई पदच्यूत गरिएको थियो । उहाँ लगत्तै मुख्तियारी पाउनुभएका रगंनाथ पौडेलको कार्यकालमा निर्दोष करार गर्दै कैदमुक्त हुनुभएको उहाँ आफ्नै घर गोरखा बोर्लाङ फर्कनुभएको थियो । वि.सं. १८९६ साउनमा रणजगं पाण्डेको सक्रियतामा उहाँलाई पुनः मुद्धा उल्टाएर दोषि करार गर्दै थुनामा राखिएको थियो ।  थुनामा दिईएको अत्याधिक शारीरिक एवं मानसिक यातनाकाका कारण आत्महत्याको बाटो रोज्नुभएका थापाको ६६ वर्षको उमेरमा वि.सं. १९९६ साउन १६ गते निधन  भएको थियो ।

उहाँको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । वि.सं. १८७१ देखि १८७२ (सन् १८१४-१८१६) को अङ्ग्रेज-नेपाल युद्धबाट नेपालले ठुलो क्षती ब्यहोर्नुपरेको थियो । उहाँकै कार्यकालमा वि.सं. १८७२ फागुन २३ (सन् १८१६ मार्च ३) मा सुगौली सन्धिबाट नेपालले आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो ।

वि.सं. १८९४ साउन ११ गते राजकुमार देवेन्द्रको असामयिक निधन भएपछि षडयन्त्रपूर्ण ढगंले त्यसको अभियोग लगाउँदै उहाँलार्इ पदच्यूत गरिएको थियो । उहाँ लगत्तै मुख्तियारी पाउनुभएका रगंनाथ पौडेलको कार्यकालमा निर्दोष करार गर्दै कैदमुक्त हुनुभएको उहाँ आफ्नै घर गोरखा बोर्लाङ फर्कनुभएको थियो । वि.सं. १८९६ साउनमा रणजगं पाण्डेको सक्रियतामा उहाँलार्इ पुनः मुद्धा उल्टाएर दोषि करार गर्दै थुनामा राखिएको थियो ।  थुनामा दिर्इएको अत्याधिक शारीरिक एवं मानसिक यातनाकाका कारण आत्महत्याको बाटो रोज्नुभएका थापाको ६६ वर्षको उमेरमा वि.सं. १९९६ साउन १६ गते निधन  भएको थियो ।

वि.सं. १८९४ साउन ११ गते राजकुमार देवेन्द्रको असामयिक निधन भएपछि षडयन्त्रपूर्ण ढगंले त्यसको अभियोग लगाउँदै उहाँलार्इ पदच्यूत गरिएको थियो । उहाँ लगत्तै मुख्तियारी पाउनुभएका रगंनाथ पौडेलको कार्यकालमा निर्दोष करार गर्दै कैदमुक्त हुनुभएको उहाँ आफ्नै घर गोरखा बोर्लाङ फर्कनुभएको थियो । वि.सं. १८९६ साउनमा रणजगं पाण्डेको सक्रियतामा उहाँलार्इ पुनः मुद्धा उल्टाएर दोषि करार गर्दै थुनामा राखिएको थियो ।  थुनामा दिईएको अत्याधिक शारीरिक एवं मानसिक यातनाकाका कारण आत्महत्याको बाटो रोज्नुभएका थापाको ६६ वर्षको उमेरमा वि.सं. १९९६ साउन १६ गते निधन  भएको थियो ।