Former Prime Ministers of Nepal

Bhim Shamsher Jabara


पिता धीरशमशेर र माता नन्दकुमारीको छैँटौ पुत्रको रूपमा वि.स. १९२२ वैशाख ६ गते भीमशमशेरको जन्म भएको थियो । उहाँ प्रधानमन्त्री हुनुपुर्व २९ वर्ष प्रधान सेनापतिको जिम्मेबारीमा रहनुभएको थियो । चन्द्र शमशेरको निधन पछि वि.स. १९८६ मसिंर १२ गते प्रधानमन्त्री हुनुभएको उहाँको कार्यकाल वि.सं. १९८९ भदौ १७ गतेसम्म रहेको थियो ।


उहाँको ३ वर्षे कार्यकालमा नेपाली र्इतिहाँसमा चर्चा हुने चर्खा प्रचार काण्ड, लाइब्रेरी पर्व, प्रचण्डगोर्खा पर्व आदि घटनाले स्थान पाएकोथियो । वि.सं. १९८९ भदौ १७ गते उहाँको निधन भएको थियो ।