Former Prime Ministers of Nepal

Mohan Shamsher Jabara

2005-2008 BS

वि.स. १९४२ पुस १३ गते पिता चन्द्रशमशेर जबरा र माता लोकभक्तलक्ष्मीदेवीको राणाको कोखबाट ज्येष्ठ पुत्रको रूपमा जन्मनुभएका मोहनशमशेर जबरा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन् । तत्कालिन प्रधानमन्त्री पद्म शमशेर जबरा औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी वि.सं. २००४ फागुन १८ गतेदेखिनै कायममुकायम प्रधानमन्त्रीका रूपमा रहनुभएको मोहन शमशेर जबराले त्यसको ठिक २ महिना पछि वि.सं. २००५ बैशाख १८ देखि औपचारिक रूपमा नेपालको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो ।


वि.सं. २००७ फागुन ७ गते राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको घोषणा भएपश्चात देशको शासन चलाउन गठन भएको राणा र नेपाली कांग्रेसको संयुक्त अन्तरिम मन्त्रिमण्डलको समेत नेतृत्व गर्नुभएका उहाँको उहाँको प्रधानमन्त्रीको दोस्रो कार्यकाल वि.स. २००८ कार्तिक २६ गते पुरा भएको थियो ।


प्रधानमन्त्रीबाट हटेको केही वर्षपछि बाँकि जीवन बिताउन उहाँ भारततर्फ लाग्नुभएको थियो । ८२ वर्षको उमेरमा वि.सं. २०२४ साल पुस २३ गते भारतको बैंगलोरमा उनको निधन भएको थियो ।