Former Prime Ministers of Nepal

Phatya Jung Shah

बि.सं.१९०० – १९०२


फत्तेजगं शाहको जन्म वि.सं. १८६२ असोज १८ गते पिता चौतारिया प्रण शाह र माता मोहकुमारी देवीको ज्येष्ठ पुत्रको रूपमा भएको थियो ।

प्रधानमन्त्री रणजङ्ग पाँडेलार्इ पदमुक्त गरेपछि राजा राजेन्द्रविक्रम शाहले वि.सं. १८९७ कार्तिक १८ गते उहाँलार्इ नेपालको प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुभएको थियो । रानी राज्यलक्ष्मी देवीको ईच्छाबमोजिम माथवरसिंह थापालार्इ काठमाडौं बोलाएर वि.सं. १९०० पुष १२ गते प्रधानमन्त्रीमा नियुक्त गरेपछि उहाँको पहिलो कार्यकाल सकिएको थियो ।

वि.सं. १९०२ जेठ ६ मा प्रधानमन्त्री माथवरसिंहको हत्या भएपछि पुनः प्रधानमन्त्री हुनुभएका उहाँको वि.सं. १९०३ भदौ ३१ गतेको कोतपर्वमा हत्या भएपछि दोस्रो कार्यकालको अन्त्य भएको थियो ।