2077-3-28
पूर्वी नेपालको धनकुटा जिल्लामा
वि.सं. 1984 मा जन्मनुभएका नगेन्द्रप्रसाद रिजाल वि.सं. 2030 साल साउन 1 गते
नेपालको प्रधानमन्त्री हुनुभयो । काठमाडौंको त्रिचन्द्र कलेजबाट आई.ए.र वनारसको
हिन्दु विश्वविद्यालयबाट बी.ए. सम्मको अध्ययन गर्नुभएका उहाँ राणाशासनको समयमा
नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो । वि.सं. 2011 सालमा मोरङ उद्योग वाणिज्य
संघको सदस्य समेत हुनुभयो । वि.सं. 2017 मा देशमा पञ्चायती व्यवस्था लागु भएपछि
उक्त व्यवस्थालाई अगाँल्दै उहाँ राजासँग निकटमा पुग्नु भयो । वि.सं. 2019 सालमा पहिलोपटक
उहाँ राष्ट्रिय पञ्चायतको सदस्य हुनुभयो । सोहि वर्ष डा. तुलसी गिरीको सरकारमा
अर्थ र आर्थिक योजना सहायक मन्त्री र सूर्य बहादुर थापाको प्रधानमन्त्रीत्वकालमा
उद्योग र वाणिज्य मन्त्री हुनुभयो । पटक-पटक मन्त्री हुनुभएका उहँ वि.सं. 2030
सालमा सिंहदरबार जलेपछि प्रधानमन्त्रीबाट कीर्तिनिधि बिष्टले राजीनामा दिएपछि उहाँ
राजाबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । उहाँको कार्यकालमा नेपालमा औद्योगिकरण
र आधुनिकीकरण साथै कृषि प्रणालिका विकासमा महत्वपूर्ण सुरुवात भएको थियो । हेटौडा
सिमेन्ट कारखाना, हेटौंडा कपडा कारखाना उहाँको कार्यकालमा स्थापना भएका थिए । वि.सं.
2032 सालमा प्रधानमन्त्रीबाट हटेका उहाँ 2043 सालको चिर्वाचन गर्न वि.सं. 2042 चैत
८ गते पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।थोरै बोल्ने, कुटनैतिक र तार्किक
रुपमा आफ्ना विचार राख्ने उहाँको शैली थियो । उहाँको नेतृत्वमा 2043 सालमा भएको
निर्वाचन काँग्रेस र कम्युनिष्टहरुले पनि भाग लिएका थिए । पञ्चायतमा उदारवाद लागू
गर्न उहाँले कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालासँग निरन्तर कुराकानी
गर्नुभएको थियो । उहाँ प्रधानमन्त्रीको दोश्रो कार्यकाल 2043 असार 2 गतेसम्म मात्र
रह्यो । यसरी उहाँ पञ्चायतकालमा दुई पटक प्रधानमन्त्री र राष्ट्रिय पञ्चायतको
अध्यक्ष हुनुभएका उहाँको 67 वर्षकै उमेरमा वि.सं. 2051 असौज 7 गते काठमाडौंमा निधन
भयो ।