2014-2014 BS
वि.सं. १९९३ सालमा डोटीको मध्यमवर्गीय ठकुरी परिवारमा जन्मनुभएका डा. के.आर्इ. सिंह कुमार नरध्वज सिंहका छोरा थिए । बाल्यकालमा भारतको उत्तर प्रदेशको स्कुलबाट प्रारम्भिक शिक्षा ग्रहण गर्नुभएका उहाँले कलकत्ता विश्वविद्यालयबाट एम.बि.बि.एस.को अध्ययन पुरा गर्नुभएको थियो । रोजगारी र व्यवसायको सिलसिलामा उहाँ बर्मा पनि पुग्नुभएको थियो । दोस्रो विश्वयुद्धताका उहाँको भारतीय नेता सुवास चन्द्र बोससँग सम्पर्क भर्इ उहाँले स्थापना गर्नुभएको आजाद हिन्द फौजमा भर्ती हुनुभयो । नेपालमा प्रजातन्त्र स्थापना गर्न र राणा शासनको समाप्त गर्न नेपाली राष्ट्रिय कांग्रेसको आन्दोलनमा उहाँ सहभागि हुन थाल्नुभयो । राणा शासनको अन्त्यका लागि संचालन भएको सशस्त्र क्रान्तिमा उहाँ र गोपाल शमशेर राणाले पश्चिमी मोर्चाको नेतृत्व गर्नुभएको थियो ।
वि.सं. २००७ सालमा दिल्ली सम्झौता भर्इ नेपाली कांग्रेस र राणाहरूको मिलेमतोमा सरकार बन्यो र उक्त सम्झौता धोका हो भन्दै समानान्तर सरकार गठनतर्फ लाग्नुभएको कारण तत्कालिन सरकारले उहाँलार्इ गिरफ्तार गरी भैरहवा जेलमा थुनामा राखेको थियो ।
वि.सं. २०१४ साउन ११ देखि २०१४ कात्तिक १९ सम्म नेपालको प्रधानमन्त्री बन्नुभएका उहाँको वि.सं. २०३९ असोज १९ गते निधन भएको थियो ।