Former Prime Ministers of Nepal

Pushkar Shah

1895-1896 BS

पुष्कर शाहको जन्म वि.सं. १८४१ मा भएको थियो । उहाँको पिता जीव शाह हुनुहुन्थ्यो । मुख्तियार भीमसेन थापालार्इ पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका रंगनाथ पौडेलले पनि वि.सं १८९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलार्इ मुख्तियारी दिइएको थियो।


राजा राजेन्द्रविक्रम शाहको जेठी रानी सम्राज्यलक्ष्मीको विश्वासपात्र रणजङ्ग पाँडेबाट आफ्नो काममा बारम्बार हस्तक्षेप हुन थालेपछि उहाँले वि.सं. १८९६ पुष महिनामा उहाँले मुख्तियारीबाट राजीनामा गर्नुभएको थियो ।


वि.सं. १८९५ भाद्र देखि वि.सं. १८९६ पुषसम्म उहाँको कार्यकाल रहेको थियो । वि.सं. १८९७ फागुन १ गते उहाँको निधन भएको थियो ।