Former Prime Ministers of Nepal

Juddha Shamsher Jabara

1989-2002 BS


पिता धीरशमशेरका दसौँ पुत्र जुद्ध शमशेरको जन्म वि.सं. १९३२ वैशाख १३ गते भएको थियो। भीमशमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएका उहाँको कार्यकाल वि.सं. २००२ मंसिर १४ गते सम्म कायम रहेको थियो ।


उहाँको १३ वर्षे कार्यकालमा एस.एल.सी बोर्डको स्थापना हुनुका साथै मुलुकमा उद्योग तथा वाणिज्य क्षेत्रहरूको विकास एवं विस्तारमा उल्लेखनिय सुधार भएको थियो भने अर्कोतर्फ नागरिक हक अधिकारको व्यापक दमन सहित महान सहिदहरूलार्इ मृत्युदण्ड दिने सम्मका क्रुर एवं अमानविय घटनाहरू भएको थियो ।


वि.सं. २००२ मंसिर १४ गते स्वर्इच्छाले पदत्याग गरी भतिजो पद्मशमशेर ज.ब.रा.लार्इ सत्ता हस्तान्तर गरी पाल्पा पुग्नुभयो । त्यसको केही वर्षपछि भारतको देहरादुन जानुभएको उहाँको ७७ वर्षको उमेरमा वि.सं.२००९ मंसिर ८ गते देहरादुनमै निधन भएको थियो ।