Former Prime Ministers of Nepal

Padma Shamsher Jabara

2002-2005 BS

भीमशमशेर ज.ब.रा.का ज्येष्ठ पुत्र पद्मशमशेर ज.ब.रा.को जन्म वि.सं. १९३९ पुस १८ गते भएको थियो । वि.सं. २००२ मंसिर १४ गते जुद्घशमशेर ज.ब.रा.ले श्रीपेच लगार्इदिएर उहाँलार्इ सत्ता हस्तान्तरण गर्नुभएको थियो । वि.सं. २००४ फागुन १८ गते औषधि उपचारका निमित्त भारततर्फ लागेको र उतैबाट पठाएको राजीनामापत्र राजा त्रिभुवनबाट स्वीकृत भएपछि वि.सं. २००५ वैशाख १६ गतेबाट उहाँको कार्यकाल औपचारिक रूपमा सकिएको थियो ।


नेपालको पहिलो लिखित संविधानको रूपमा "नेपाल सरकार वैधानिक कानुन, २००४" उहाँकै कार्यकालमा जारी गरिएको थियो । वि.सं. २०१७ चैत्र २९ गते भारतको कलकत्तामा उहाँको निधन भएको थियो ।