Former Prime Ministers of Nepal

Chandra Shamsher Jabara

1958-1986 BS

चन्द्रशमशेर जबराको जन्म वि.सं. १९२० असार २६ गते पिता धीरशमशेर जबरा र माता नन्दकुमारीको कोखबाट भएको थियो । वि.सं. १९५८ असार देखि वि.सं. १९८६ मंसिर सम्म उहाँको कार्यकाल रहेको थियो ।

भारतको कलकत्ताबाट मेट्रिकुलेसन परीक्षा समेत उत्तिर्ण गर्नुभएका उहाँको अंग्रेजी भाषामा विशेष रूचि एवं ज्ञान थियो । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा पछि उहाँ बेलायत भ्रमण गर्ने दोस्रो प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वको टोलीले वि.सं. १९६४ चैत्र २५ गतेबाट बेलायत भ्रमण शुरू गरेका थिए । उहाँले प्रथम विश्वयुद्धमा व्रिटिश फौजको तर्फबाट लड्न ठुलो संख्यामा नेपाली सैनिक पठाउनुभएको थियो ।

नेपाली समाजमा कायम रहेको सती र दासप्रथाको अन्त्य उहाँकै कार्यकालमा भएको थियो । उहाँको निधन वि.सं. १९८६ मंसिर १० गते भएको थियो ।