2015-2016 BS
पिता हिरण्यशमशेर राणा र माता सोमकुमारी देवी राणाको कोखबाट वि.सं. 1९67 फागुन 17 गते काठमाडौंमा सुवर्णशमशेरको जन्म भएको थियो । नेपालका राणा प्रधानमन्त्री भीमशमशेरका नाती भएका हुनाले उहाँले जर्नेलको मान पाउनु भएको थियो । उहाँले बी.ए. सम्मको शिक्षा पटना विश्वध्यालयबाट गर्नुभयो भने कलकत्ताबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभयो । तत्कालिन समयमा राणाहरुमा भएको ग्रेड विभाजनबाट असन्तुष्ट भर्इ उहाँ बाबुकासाथ भारतको कलकत्तामा उद्योग व्यवसाय गरी बस्न थाल्नुभयो ।
२००७ फागुन ७ गते प्रजातन्त्रको घोषणासँगै गठन भएको संयुक्त सरकारमा सुवर्ण शमशेर अर्थमन्त्री बन्नुभएका उहाँले २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले पहिलो पटक बजेट प्रस्तुत गर्नुभएको थियो ।
वि.सं २०१५ सालको शाही घोषणा बमोजिम तोकिएको मितिमा आम निर्वाचन गराउने मुख्य उदेश्य सहित २०१५ जेठ २ गते राजा महेन्द्रले उहाँको अध्यक्षतामा मन्त्रीमण्डल गठन गर्नुभयो । वि.सं २०१६ सालमा आम निर्वाचन सम्पन्न भएपश्चात बि.स. २०१६ जेठ १३ गते उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पी. कोर्इरालाको नेतृत्वको सरकारलार्इ सत्ता हस्तान्तरण गर्नुभएको थियो ।
वि.स. २०३४ कत्तिक २४ गते कलकत्ता स्थित आफ्नै निवासमा उहाँको निधन भएको थियो ।