2066/2/11-2067/10/22
माधवकुमार नेपालको जन्म वि. सं. २००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा भएको हो ।
गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर नेपाल वि.सं. २०२२
सालमा वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । उहाँले केही समय
नेपाल बैंक लिमिटेडमा जागिर पनि खानुभयो । १३ वर्षको उमेरदेखि नै राजनीतिमा
लाग्नुभएका नेपालले वि.सं. २०२६ सालमा पुष्पलाल समुहबाट कम्युनिष्ट पार्टीको
सदस्यता पाउनुभयो । उहाँ वि.सं. २०२८ सालमा संगठन विस्तारका
लागि काठमाडौं आउनुभयो । नेपाल वि.सं. २०५० देखि वि.सं.२०६५ सम्म तत्कालीन नेकपा एमालेको महासचिव
हुनुहुन्थ्यो ।
वि.सं. २०४८ सालमा राष्ट्रियसभा सदस्यमा
निर्वाचित उहाँ राष्ट्रिय सभामा प्रतिपक्षी दलको नेता पनि हुनुभयो । उहाँले त्रिभुवन
विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा मा स्नातक
गर्नुभएको छ । वि.सं. २०४७ सालको संविधान
निर्माणमा उहाँले संयुक्त वाममोर्चाका तर्फबाट संविधान सुधार सुझाव आयोगको सदस्यका
रुपमासमेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
वि.सं. २०३४ सालमा उहाँ तत्कालीन नेकपा
(माले) को संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । वि.सं. २०३२
सालमा तत्कालीन पञ्चायती सरकारले उहाँलाई राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष
कारावासमा राखेको थियो ।
वि.सं. २०५१ सालको मध्यावधि निर्वाचन, वि.सं.२०५६ सालको आम निर्वाचनमा
रौतहटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेपाल वि.सं.२०७० को संविधानसभा चुनावमा पनि
काठमाडौं १ र रौतहट ६ बाट सदस्य निर्वाचित हुनुभएको थियो । आम निर्वाचन वि.सं. २०७४
मा भने उहाँ काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुहुन्छ । वि.सं. २०५६
सालमा संविधानसभा सदस्यमा मनोनीत हुनुभएका नेपाल वि.सं. २०६६ जेठ ११ गतेदेखि २०६७ माघ २२
सम्म प्रधानमन्त्री हुनुभएको थियो । उहाँ पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच
एकीकरण भइ गठित नेकपाको वरिष्ठ नेता हुनुहुन्छ ।